नेपाल संयोजकको रुपमा नियुक्त भए नील डेविड

नेपाल संयोजकको रुपमा नियुक्त भए नील डेविड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
हेयर स्टाइलिष्ट नील डेविडलाई भारतको प्रतिष्ठित ‘ग्लोवल एजुकेशन लिडर्स फोरम इन्डिया’ ले नेपाल संयोजकको रुपमा नियुक्त गरेको छ ।

उक्त संस्थाका अध्यक्ष एस के सिंहले डेविडलाई नेपाल संयोजकको रुपमा नियुक्त गरेका हुन् । ‘यो नियुक्तिलाई मैले मेरो मात्र होइन, नेपालकै सम्मानको रुपमा लिएको छु ।’ नील डेविडले भने ।

ग्लोवल एजुकेसन लिडर्स फोरम इन्डिया विश्वव्यापी शैक्षिक संस्था ग्लोबल इडु लिडर्सको एक अंग हो ।

हेयर स्टाइलिष्ट नील डेविड नेपालका साथै भारतमा समेत उत्तिकै सक्रिय छन् । उनका सलुनहरु हाल दुवै देशका विभिन्न शहरहरूमा संचालित छन् । लकडाउनपछि नेपाल र भारतका साथै तेस्रो मुलुकमा पनि आफ्ना सलुन तथा एकेडेमीलाई विस्तार गर्ने योजनामा आफू रहेको उनले बताएका छन् ।

Skip This
Skip This
Logo