मास्क नलगाउनेलाई ५ हजार रुपैयाँ जरिवाना !

मास्क नलगाउनेलाई ५ हजार रुपैयाँ जरिवाना !

केन्द्रबिन्दु
0
Shares

नया दिल्ली ।

भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ ।

केरलाको वयानाद प्रहरी प्रमुखले सो जानकारी दिएका हुन् । केरला प्रहरी ऐनमा भएको व्यवस्था अनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुन बमोजिम जरिवाना गराइने जानकारी दिइएको हो । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना दिने बताइएको छ ।

पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनु पर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ । केही दिन यतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसै अनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ । रासस/एएनआई

Logo