ललितपुरमा जिल्लास्तरीय ‘मानव अधिकार अवस्था अनुगमन’ समिति गठन

ललितपुरमा जिल्लास्तरीय ‘मानव अधिकार अवस्था अनुगमन’ समिति गठन

केन्द्रबिन्दु
0
Shares

ललितपुर।

मानव अधिकारको अवस्था अनुगमनका लागि जिल्लास्तरीय ‘मानव अधिकार अवस्था अनुगमन’ समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का सन्दर्भमा मानव अधिकारको व्यवस्था अनुगमनका लागि चार तहका समिति गठन गर्ने निर्णय अनुसार आज सो समिति गठन गरेको हो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष अर्जुन महर्जनको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष ज्ञानप्रसाद पौडेल र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष टीकाराम दाहाल रहेका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष पौडेलले समितिले कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउन र जिल्लाका गतिविधि अध्ययन गरी मानव अधिकार आयोग लगायतका सम्बन्धित संस्थामा जानकारी गराउने निर्णय आजको बैठकमा भएको जानकारी दिए । कार्यविधिमा दुई सदस्य थप गर्न सक्ने व्यवस्था अनुसार समितिले आवश्यकता परेमा पछि दुई सदस्य मनोनीत गर्ने निर्णयसमेत गरेको अध्यक्ष पौडेलले जानकारी दिए।

यसका साथै आयोगले कोभिड–१९ का सन्दर्भमा अधिकार व्यवस्था अनुगमन नेटवर्कको कार्यविधि, ०७६ मा तोकेका अधिकार क्षेत्रभित्र रही अनुगमन, सहजीकरण र रिपोर्टिङ पनि गर्ने निर्णय गरेको छ ।रासस

Skip This
Skip This
Logo