निर्वाचन आयोगद्वारा कोरोना रोकथाम कोषमा सहयोग

निर्वाचन आयोगद्वारा कोरोना रोकथाम कोषमा सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्वाचन आयोग नेपालले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रमुख आयुक्त र आयुक्त तथा कर्मचारीका तर्फबाट सहयोग गरेको छ ।

आयोगले उक्त कोषको खातामा प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक ९८ हजार ५१० र गत चैत ११ गते नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको निर्णय अनुसार आयोगमा कार्यरत कर्मचारीको तोकिए बमोजिम दिनको पारिश्रमिक तीन लाख ९५ हजार ४२५ गरी जम्मा चार लाख ९३ हजार ९३५ जम्मा गरेको आज जनाएको छ ।

साथै आयोग अन्तर्गतका जिल्ला निर्वाचन कार्यालयलाई तोकिए बमोजिम दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न निर्देशन गरिसकिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।रासस

Skip This
Skip This
Logo