भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

गएको २४ घन्टा यता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ ।

तथ्यांक अनुसार भारतमा संक्रमितहरूको संख्या २१ हजार ३९३ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६८१ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार २५७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ १६ हजार ४५४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
रासस–एएनआई

Skip This
Skip This
Logo