प्रधानमन्त्री ओलीद्वारा कतारका प्रधानमन्त्रीसँग फोन वार्ता

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रधानमन्त्रीसँग फोन वार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुशी व्यक्त गर्दै धन्वयाद दिए । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, “कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरें, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें, कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो, मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।”

कोरोना भाइरसको सङ्क्रमण विश्वभरी नै फैलिँदै गएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा कुराकानी गरिरहेका छन् ।रासस

Skip This
Skip This
Logo