काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरिएकोप्रति विरोध जनाउँदै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।
कांग्रेस सांसद एवं संसदीय दलका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले आज एक विज्ञप्ति जारी गर्दै उपाध्यायलाई बिनासर्त रिहा गर्न माग गरेका हुन् ।
सरकारले दिनप्रतिदिन संविधानको ठाडो उल्लंघन गर्दै आइरहेको आरोप लगाउँदै विज्ञप्तिमा लामाले उपाध्याय पक्राउको विरोध गरेका छन् ।
पूर्वसचिव उपाध्यायलाई बुधबार राति प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै पक्राउ गरेको थियो।






























प्रतिक्रिया