प्रधानमन्त्रीको आदेशमा आफ्ना नेता अपहरण भएको समाजवादी पार्टीको आरोप

प्रधानमन्त्रीको आदेशमा आफ्ना नेता अपहरण भएको समाजवादी पार्टीको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवको अपहरण भएको आरोप लगाएका छन् । बुधबार साझ आफ्नो फेसबुक वालमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको आरोप लगाएका हुन् ।

‘आज वैशाक १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ’–उनले फेसबुकमा लेखेका छन्– ‘सरकाले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’

त्यस्तै समाजवादी पार्टीका संघीय परिषद् अध्याक्ष डा. बाबुराम भट्टराईले पनि पाण्डेको भनाइमा साथ दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘ओलीतन्त्रको यो नांगो रुप । धन्य कमाउनिष्ट कणहरु ।’

Skip This
Skip This
Logo