लकडाउनको २९ औं दिन आज पनि सडकहरु सुनसान

लकडाउनको २९ औं दिन आज पनि सडकहरु सुनसान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन हो । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक जनजीवन भने प्रभावित भएको छ ।

अत्यावश्यक काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेका देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् ।

यस्तै सहरका भित्रि सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेका देखिन्छन् । सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँचलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ । यस्तै अहिले सम्म ८ हजार ४ सय १४ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ ।

Logo