चालु खाता र शोधनान्तरमा सुधार

चालु खाता र शोधनान्तरमा सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चालु आर्थिक वर्षको फागुन (आठ) महिनामा चालु खाता घाटा र शोधनान्तरमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको आर्थिक अवस्थाले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार फागुनसम्म चालु खाता घाटा १ खर्ब २४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९१ अर्ब ४९ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १० करोड रहेको छ ।

त्यसैगरी, फागुनमा शोधनान्तर स्थिति ३७ अर्ब ४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ९९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनासम्ममा ५१ करोड ७० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको हो ।

Skip This
Skip This
Logo