लकडाउनमा खटिएका प्रहरीको ड्युटीमै ज्यान गयो

लकडाउनमा खटिएका प्रहरीको ड्युटीमै ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु ।

सोलुखुम्बुमा लकडाउनमा खटिएका एक प्रहरीको ड्युटी बसेकै समयमा मृत्यु भएको छ ।

कोरोना रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न ड्युटीमा बसेका अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्जसमेत रहेका ३८ वर्षीय प्रहरी हवल्दार शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब तीन बजे मृत्यु भएको हो ।

ड्युटीमै रहेको वेला शनिबार मध्यराति हवल्दार भट्टराईलाई अत्यधिक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

भोजपुर स्थायी घर भई हाल सुनसरीमा बस्दै आएका भट्टराईका श्रीमती, दुई छोरा र एक छोरी छन् ।नयाँ पत्रिकाबाट

Logo