शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यारत डा. शेरबहादुर पुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भएका छन्। उनले मन्त्रालयको पत्र अनुसार आफू मन्त्रालयमा उपस्थित भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।डा. पुनले घटनाक्रमलाई आफ्नो जीवनको सामान्य प्रक्रियाको रूपमा लिएको बताएका छन्।
पुनले बाहिर सञ्चारमाध्यममा आएका समाचारकाे खण्डन गर्दै आफ्नो नियमित काममा नै रहेकाे बताएका छन । उनले कपोकल्पित कुरालाई मिडियाले बढाइचढाइ गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि डाक्टर शेरबहादुर पुनको विषयमा आएका समाचार प्रति खण्डन गरेको छ । आइतबार दिउँसो नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले विभिन्न सञ्चारमाध्यमले कपोकल्पित समाचार प्रकाशन, प्रसारण गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।
सहसचिव विष्टले डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड १९ विरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए ।































प्रतिक्रिया