काठमाडौं ।
गएको २४ घन्टा यता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांक अनुसार भारतमा संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ ११ हजार ९०६ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८० पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाउँदै आएको छ ।रासस































प्रतिक्रिया