न्यूयोर्कमा थप एक नेपालीको कोरोनाका कारण मृत्यु

न्यूयोर्कमा थप एक नेपालीको कोरोनाका कारण मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिका ।

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो।

काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन्। अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ। पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ।नागरिकबाट

Skip This
Skip This
Logo