कोरोनाका कारण लण्डनमा थप एक नेपालीको निधन

कोरोनाका कारण लण्डनमा थप एक नेपालीको निधन

केन्द्रबिन्दु
0
Shares

लण्डन ।

कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखी उपचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँ सरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्च रक्तचाप समस्याको नियमित औषधि खाइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेका छन् । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुने नेपालीको सङ्ख्या १३ पुगेको छ ।रासस

Skip This
Skip This
Logo