स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ गएका निगमका दुई वाइडबडी काठमाडौं आइपुगे

स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ गएका निगमका दुई वाइडबडी काठमाडौं आइपुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले हिजो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि गएका थिए । ती विमान आज विहान काठमाडौं आइपुगेका छन् ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका थिए। दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याएका हुन् । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।

लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ । यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए-३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।रासस

Logo