सीता श्री नामको नयाँ ग्यास बजारमा

सीता श्री नामको नयाँ ग्यास बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा नयाँ ब्राण्डको ग्यास आएको छ । सीता श्री नामको नयाँ ग्यास बजारमा आएको हो ।

नेपालमा लकडाउन भइरहेकै समयमा नयाँ ब्राण्डको ग्यास बजारमा आएको हो । आइतबारदेखि ग्यास विक्रिको अनुमती पाएको यसको उद्योग धादिङको धुनिवेशीमा रहेको छ ।

सीता केयर पेट्रोलियम व्यवसायी सीताराम तिमिल्सिनाले सीता श्री ग्यास उद्योग सञ्चालन गरेका हुन् । ४० करोड रुपैयाँ लगानीमा उनले नयाँ ग्यास उद्योग सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौंमा अहिले २२ वटा कम्पनीका ग्यास बिक्री हुँदै आएका छन् । उपत्यकामै उद्योग रहेका ग्यास भने २ वटा मात्रै छन् । आफूले सम्पूर्ण प्रक्रिया पूरा गरि ग्यास उद्योग संचालन गरेकाले सीता श्री ग्यासले अन्य ग्याससँग प्रतिश्पर्धा गर्ने संचालक तिमिल्सिनाले बताए ।

Logo