काठमाडौं ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुन बमोजिम उनीहरुको रिहाइको माग गरी मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खिमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ ।
निवेदनमा जेष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्न लगायतको आदेश दिन माग गरिएको छ ।रासस































प्रतिक्रिया