सनसिटी अपार्टमेन्ट सिलदेखि स्वाइन्फ्लुभन्दा कोरोना खतरासम्म (भिडियोसहित)

सनसिटी अपार्टमेन्ट सिलदेखि स्वाइन्फ्लुभन्दा कोरोना खतरासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टलाई लकडाउन गरिएको छ । अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै लकडाउन गरिएको हो । सोमाबार ¥यापिड टेष्टका क्रममा परिवारका तीन जनामा कोरोना पोजिटिभ देखिएको थियो । पछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पिसीआरबाट परीक्षण गर्दा पनि उनीहरुमा कोरोना पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै उपत्यकामा मनाइने विस्केट र जिब्रो छेड्ने जात्रा रोकिएका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि ती जात्राहरु रोकिएका हुन् । मध्यपुर थिमीमा आजकै दिन सिन्दुरे जात्रा र जिब्रो छेड्ने जात्रा हुँदै आएको थियो । भाइरसका कारण मुलुक लकडाउनमा रहेकाले भक्तपुर प्रशासन, गुठी संस्थान र गुठीयारहरुले औपचारिक रुपमा जात्रा बन्द गरेका हुन् ।

नोटबाट पनि नोवेल कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । कागजी नोटमा भाइरस, व्याक्टेरिया, सामान्य किटाणु, ढुसी लगायतका झण्डै तीन हजार भन्दा बढी प्रकारका जीवाणु देखा परेका छन् । संयुक्त राज्य अमेरिकाको कागजी नोटमा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ ले प्रमाणित गरिसकेको छ ।

त्यस्तैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छ (टि) को रणनीति सार्वजनिक गरेका छन् । उनले छ (टि) को सूत्रबाट बन्ने रणनीति सार्वजनिक गरेका हुन् । छ टिमा ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, ट्रेसिंङ ट्र्या्किङ, ट्रिटमेन्ट र टुगेदर रहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको जनाएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको निष्कर्ष छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभुल्नूहोला 

 

 

Skip This
Skip This
Logo