चन्द्रागिरि हिल्सको आइपीओमा रेकर्ड ब्रेक, १७ गुणा बढी आवेदन

चन्द्रागिरि हिल्सको आइपीओमा रेकर्ड ब्रेक, १७ गुणा बढी आवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चन्द्रागिरि हिल्सको साधारण शेयर (आइपीओ)मा माग भन्दा १७ गुणा बढी आवेदन परेको छ । आईपीओको लागि २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन परेको हाे । यो आवेदनले नयाँ रेकर्ड ब्रेक गरेको छ ।

अहिलेसम्म यतिको आवेदन कुनै पनि कम्पनीको आइपिओमा परेको थिएन । आवेदन खुला भएको अन्तिम दिन अर्थात आज मात्रै १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ । यो आवेदन खुल्ला गरिएको कित्ताभन्दा १७ गुणाले बढी रहेको छ ।

हिल्सले सर्वसाधारणका लागि गत २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Skip This
Skip This
Logo