काठमाडौं ।
नेपालमा नोवेल कोरोना (कोभिड–१९ भाइरसको संक्रमित हुनेको संख्या १३ पुगेको छ । सोमबार कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १३ पुगेको हो । अहिलेसम्म एक जना उपचारपछि घर फर्किएका छन भने बाँकीले उपचार गराइरहेका छन् ।

१५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेकी उनको र्यापिड टेस्टका क्रममा पोजिटिभ नतिजा आएको हो । अहिले ती महिलालाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसअघि आइतबार वीरगञ्जको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा पनि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।































प्रतिक्रिया