पूर्वराजाद्वारा नयाँ वर्षको शुभकामना

पूर्वराजाद्वारा नयाँ वर्षको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । पूर्वराजा शाहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।

उनले विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरुको सामना गर्न एकता अपरिहार्य भएको उल्लेख गरेका छन् । मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नुतन इतिहास रच्ने सफलता नेपालीलाई प्राप्त होस् भनी उनले नयाँ वर्ष वि.सं २०७७ सालको शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्मस्वीकार गर्न आग्रह गरेका छन् । पूर्वराजा शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुनेछ । कोरोना भाइरसको विश्व्यापी महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहेका सबै नेपाली आक्रान्त, सन्त्रास्त र समस्याग्रस्त रहेको उल्लेख गर्दै यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउन उनले आग्रह छ ।’

त्यस्तै पूर्वराजा शाहले भनेका छन्–‘नेपाली जनता खुसी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथाझैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ । आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदितै छ । मानव स्वास्थ्यलाई यसै शताब्दिमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको छ ।’

उनले हाम्रा मौलिक सनातनिक सभ्यताको पुनः जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ भन्दै यही जगमा उभिएर नेपाली समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता लिनुपर्नेमा जोड दिएका छन् ।

Skip This
Skip This
Logo