कोरोनाकै कारण बेलायतमा फेरि अर्का भूपू गोरखाको निधन

कोरोनाकै कारण बेलायतमा फेरि अर्का भूपू गोरखाको निधन

केन्द्रबिन्दु
0
Shares

लण्डन ।

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

स्याङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बस्दै आएका थिए । चार दिन अघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षत्री समाजका अध्यक्ष राजनकुमार क्षत्रीले बताए।रासस

Logo