काठमाडौं ।
जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाई छ । यसै बर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठिक एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ ।
प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको उनले बताए । जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गरेका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।
जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना सङ्क्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ ।रासस































प्रतिक्रिया