अमेरिकामा परिवारसँग रमाउदै सरोज खनाल

अमेरिकामा परिवारसँग रमाउदै सरोज खनाल

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै केही समय अघि अमेरिकी सरकारले नेपालबाट विमान चार्टर गरेर ३0३ जना अमेरिकी नागरिकलाई आफ्नो देश फिर्ता लगेको थियो । ति ३0३ अमेरिकी नागरिकहरूमध्येका एक थिए नायक सरोज खनाल । उनी त्यहाँको ग्रिन कार्ड होल्डर हुन् ।

यद्यपि केही वर्ष अगाडि खनालले अमेरिकाको सम्पूर्ण सुख सुविधा त्यागेर नेपाल फर्किएको र अब उप्रान्त नेपालमै बुढेसकाल बिताउने घोषणा गरेका थिए । त्यसैले यसरी अचानक अमेरिका हानिएपछि ग्रीनकार्ड बचाउन अमेरिका उडेको भन्दै उनको निकै आलोचना हुन थालेको थियो ।

आफ्ना शुभचिन्तकहरुबाटै आलोचित भएका खनालले अमेरिका पुगेपछि आफू यस्तो अवस्थामा परिवारसँग नै समय बिताउन उचित ठानेर अमेरिका आएको बताएका छन् ।

अमेरिका पुगे लगत्तै खनालले श्रीमती र दुई नातिसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । परिवारसँग रमाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले जसले जे भने पनि आफूलाई परिवारसँग नै समय बिताउन मन लागेको लेखेका छन् । यससँगै उनले आफ्ना नातिहरुसँग खेल्दै व्यायाम गरेको भिडियो पनि सार्वजनिक गरेका छन् । जसमा उनि निकै खुशी देखिएका छन् ।

Push up challenge with my grandsons ( 6 months and 4 years )

Posted by सरोज खनाल on Thursday, April 9, 2020

उनको पुरै परिवार अमेरिकामै छ । जेठो छोरा अमेरिकी आर्मीमा कार्यरत छन् भने कान्छो छोरा अध्ययनरत छन् । श्रीमती सूर्य माला खनाल पनि केही समय अघि देखी उतै छिन् ।

Logo