प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै डिलिट

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै डिलिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

१७ दिन यताको लकडाउनका कारण काम नभएपछि र खान–बस्नै समस्या परेपछि मजदुर काठमाडौं छाड्ने क्रम कारुणिक कथा बनेका थिए । यहीबीच बिहीबार दिउँसो एउटा समाचार बाहिरियो, ‘सरकारले शुक्रबार र शनिबार दुई दिन काठमाडौं बाहिर (घर) जानका लागि छुट दिने।’ यो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको निर्णय थियो ।

तर यो निर्णय डेढघण्टा पनि टिक्न सकेन । सरकारकै निर्णय सरकारलाई नै थाहा नभएको प्रतिक्रिया बहालवाला मन्त्रीहरुले दिन थाले । वेभसाइटमा राखिएका सुचनाहरु पनि हटाइए र पंगु बनाइयो मिडियालाई । यति मात्र होइन अहिले त प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै डिलिट गरिएको छ ।

लकडाउनका कारण काठमाडौंमा फसेका सर्वसाधारणलाई विभिन्न ठाउँसम्म पुर्‍याउन बाटो खोल्ने निर्णय सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक पेज गायब बनाइएको छ।

लकडाउनपछि खोलेको पाइएको उक्त पेजमा काठमाडौं उपत्यका बाहिरिन खोजेकालाई भोलि र पर्सि बाहिरिने मार्ग खोल्ने निर्णय गरिएको विषय सार्वजनिक गरिएको थियो।

उक्त पेजमा भनिएको थियो, ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ।’

उक्त पेजमा राखेको सूचनालाई आधार मानेर कतिपय सञ्चारमाध्यमले समाचार तयार पारे। विरोध बढ्न थालेपछि कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनमा त्यस्तो निर्णय हुनै नसक्ने दाबीसहित आफ्नो फेसबुक पेजमा स्टाटस् राखे।

पोखरलेको स्टाटस आउनसाथ उक्त फेसबुक पेजमा अपडेट सहितको सूचना आयो, ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएकाले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ।’

उक्त स्टाटसमा पनि विरोध आउन थालेपछि केही बेरमै स्टाटस डिलेट गरिएको थियो । सामाजिक सञ्जालमा सरकारको निर्णय उल्टिएको बारेमा व्यापक विरोध हुन थालेपछि केही बेरमै उक्त पेज गायब बनाइएको छ। पेज गायब भएसँगै यस कार्यको पनि विरोध हुन थालेको छ।

Skip This
Skip This
Logo