काठमाडौं ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई कार्यान्वयन गर्न विभिन्न देशहरूले कडा नियम बनाएर लागू गरेका छन् ।
फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्ने एक ६३ वर्षीय पुरुषमाथि गोली हानी हत्या गरिएको छ । ती व्यक्तिलाई प्रहरीले लकडाउन नतोड्न आग्रह गर्दा उनले हँसिया देखाएर प्रहरीलाई धम्की दिएको प्रहरीले जनाएको छ । त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनीसमेत दिएका थिए । अष्ट्रेलियामा लकडाउन उल्लघंन गर्नेलाई ११ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गराउने उल्लेख छ । साथै त्यहाँको प्रहरीले १ हजार अष्ट्रेलियन डलर अन द स्पट नै तिराउन सक्ने नियम छ ।
उता थाइल्याण्डमा लकडाउन उल्लंघन गरेमा २ वर्षको जेल सजाय तोकिएको छ । त्यस्तै संयुक्त अधिराज्य बेलायतमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अन द स्पट ६० यूरो तिराउने नियम बनाएको सक्छ ।
फ्रान्समा लकडाउन उल्लंघन गर्नेलाई पहिलो पटक भए १३५ यूरो जरिवाना तिर्नुपर्छ भने दोस्रो पटकमा भए २०० यूरो जरिवाना तिर्नुपर्छ । त्यस्तै चौथो पटक उल्लंघन गरेको पाइएमा ३७५० यूरो जरिवाना र ६ महिना कैद सजाय हुने व्यवस्था छ । उता इटालीमा लकडाउन उल्लंघन गरेको पाइएमा ३ हजार युरोसम्म जरिवाना गर्ने नियम बनाएको छ ।
स्पेनमा पहिलो पटकका लागि १ सय यूरो जरिवाना लाग्छ भने बारम्बार लकडाउन उल्लंघन गर्नेलाई ३० हजार यूरोसम्म जरिवाना लाग्छ । क्यानडाको टोरोन्टो सहरमा एउटै घरमा नबस्ने मानिसहरु दुईजनाभन्दा बढी भेला हुन नपाइने नियम बनाएको छ । भेला हुँदा दुई मिटरको भौतिक दूरी कायम नगरे पहिलो पटक १ हजार डलर रदोस्रो पटकदेखि ५ हजार डलरसम्म जरिवाना गर्ने नियम बनाइएको छ ।































प्रतिक्रिया