काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।
कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन जारी रहेकाले परीक्षा संचालन गर्न नसकिने भन्दै बोर्डले परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केन्द्रबिन्दुलाई जानकारी गराए ।
यस अघि चैत ६ गते देखि हुने भनिएको एसइई परीक्षा पनि स्थगित भइसकेको छ ।
































प्रतिक्रिया