कोरोनासँग लड्न दियो बाल्नुलाई के भन्छन् संस्कृतिविद्हरु ? (भिडियोसहित)

कोरोनासँग लड्न दियो बाल्नुलाई के भन्छन् संस्कृतिविद्हरु ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वले कोरोना कोरोना भाइरसको औषधी पत्ता लगाउन सकिरहेको छैन । तर भारतमा भने कोरोना विरुद्धको लडाईं भन्दै कहिले थाल ठटाएर, कहिले बत्ती निभाएर त कहिले दीपावली गरेर कोरोना विरुद्धको उदेकलाग्दो अभियान चलाइरहेको छ, नरेन्द्र मोदी सरकारले । भारतकै कतिपय सचेत नागरिकहरुले यस्तो कार्यलाई प्रधानमन्त्रीको मुर्ख्याईं भनि विश्लेषण गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि पर्यो र आइतबार अधिकांशले घरघरमा दीपावली गरे ।

तर संस्कृतिविद्हरु भने बत्ती र कोरोना भाइरसको कुनै पनि सम्बन्ध नभएको बताउँछन् । भारतमा मोदी सरकारले उर्दी जारी गरेकाले यस्ता काम भए पनि नेपालमा सरकारले यस्तो कुनै निर्देशन दिएको छैन । तर भारतमा भइरहेको उदेक लाग्दो क्रियाकलाप नेपालमा पनि गराउन खोज्नु नेपाललाई सिक्किमीकरणतर्फ धकेल्न खोज्ने प्रयास भएको संस्कृतिविद् तेजेश्वर बाबु ग्वगले बताए ।

बत्तीको दियो बाल्नु भनेको आत्मचेतनाको प्रतिक भएकाले विश्वमा महामारी फैलिरहेको कोरोना विरुद्धको लडाइँ भनेको आत्मचेतनालाई सक्रिय पारेर सरकारले लागू गरेको लकडाउन पालना गर्नु नै एक मात्र विकल्प भएको संस्कृतिविद् ग्वङ्गको भनाइ छ । आत्मा नियन्त्रण गर्न नसक्दा मानिसहरु लकडाउनमा पनि बाहिर निस्किरहेकाले बत्ती बालेर समय खेर फाल्नु भन्दा उनीहरुमा चेतना जगाउनु पर्ने आवश्यकता रहेको ग्वङ्गले बताए । हल्लाको पछाडी लागेर भारतमा मोदी सरकारले गरिरहेको चर्तिकलाको पछि नलाग्न पनि ग्वङ्गको सुझाव छ । यसले आपतको अवस्थामा नागरिक सजक नभए धर्मको नाममा नेपाललाई सिक्कीमीकरण गर्न भारत उद्दत रहने तर्फ नागरिक सचेत रहनुपर्ने ग्वङ्गको भनाई छ ।

त्यस्तै संस्कृतिविद् डाक्टर चुन्दा बज्रचार्य पनि बत्ती बालेर कोरोना निर्मुल नहुने बताउँछिन् । बरु बत्ती बाल्ने अफवाहमा लागेर दियो वा मैनबत्ती किन्न बजार खोज्दै मानिस निस्कने हुँदा यसले कोरोनासँग जुध्नु भन्दा पनि महामारी फैलाउन मद्दत पुर्याउने हुनाले नागरिक सचेत हुनु आवश्यक रहेको उनको भनाइ छ ।

आध्यात्मिक कर्म गर्ने हो भने घरमै बसेर ध्यान गर्ने वा आत्मशक्त्ती बढाउने काम गरेर घरमै आफूलाई सुरक्षित राख्न उनले आग्रह गरिन् । भारतमा कहिले थाल ठटाउने, कहिले, बत्ती निभाउने कहिले दियो दीपावली बाल्ने जस्ता कार्यको नेपालमा अनुशरण भइरहेको बताउँदै डाक्टर बज्राचार्यले अनावश्यक कार्यको अनुशरण गर्नु घातक हुने बताइन् ।

Skip This
Skip This
Logo