देश लकडाउनको दोस्रो हप्तामा छ । यस बेलामा दैनिक ज्याला कमाएर जीविकोपार्जन गर्ने मजदुरहरुसँगै सडकमा रहेका जनावरका लागी निकै गाह्रो भईरहेको अवस्था छ । होटल, क्याफे, मासु पसल लगायत खुल्ला नहुँदा सडकमा भएका जनवारको लागी खानाको अभाव भईरहेको छ।
यसै समस्यालाई ध्यानमा राख्दै आज विश्व सामुदायिक पशु दिन अर्थात् वर्ल्ड स्ट्रे एनिमल्स डेको अवसर पारेर अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको स्वामित्वमा रहेको ‘आयांका फाउन्डेशन’ले सामुदायिक पशुहरुको लागि १ लाख सहयोग गरेका छन् । उनीहरुले सामाजिक संजालमा एक भिडियो सामाग्री पोष्ट गर्दै लकडाउनमा घरबाहिर भोकै परेका जनावरहरुलाई खाना र पानीको व्यवस्था गर्न ‘एनिमल नेपाल’ नामक संस्थालाई एक लाख हस्तान्तरण गरेको जानकारी गराएका हुन्।
यससँगै एनिमल नेपालको ‘एक कचौरा पानी र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहनेछ। यसै अभियान अन्तर्गत उनीहरुले आफ्नो घरमा रहेको खाली बोतल अथवा अन्य केहि भाँडामा घर बाहिर कसरी जनावरहरुको लागि खाना र पानी राख्ने भनेर पनि उक्त भिडियोमा सिकाएका छन् । संगसंगै अरुलाई पनि त्यहि तरिका अपनाएर पानी र खाना राख्नको लागी अनुरोध गरेका छन् ।































प्रतिक्रिया