काठमाडौं ।
बेलायतमा रहेका काभ्रे जिल्लाका कांग्रेस नेता तस्वीर लामालाई कोरोना संक्रमण भएको छ । उनको त्यहाँ स्थित लण्डन एसटि हिलर हस्पिटलमा उपचार भइरहेको छ ।
लामा नेपाली कांग्रेसका तर्फबाट गत स्थानीयतहको निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए ।
लामा बेलायत भ्रमणको क्रममा रहँदा त्यहाँ उनलाई कोरोना भाइरस लागेको थियो । जिल्लास्थित कांग्रेस नेताहरु तथा शुभचिन्तकहरुले सामाजिक संजालमा लामाको तस्वीर पोष्ट गर्दै स्वास्थ्यलाभको कामना गरिरहेका छन् । बताइए अनुसार लामाको स्वास्थ्यमा सुधार भइरहेको छ ।






























प्रतिक्रिया