काठमाडौं ।
विश्वभरि फैलिएको कोरोना भाइरसले सबैतिर सन्त्रास बढाएको छ । यसको रोकथामको लागि सरकारले कोरोना रोकथाम तथा उपचार कोष खडा गरेको छ । उक्त कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको निर्णय अनुसार संघीय सरकारले खडा गरेको कोरोना कोषमा ५० करोड रुपैयाँ सहयोग दिएको निगमका कार्याकारी महानिर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
उनका अनुसार निगमले बिहिबार नै ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाईसकेको छ ।
































प्रतिक्रिया