सरकारले सबै घरधनीहरूलाई एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेसँगै सामाजिक संजालमा बिभिन्न खालका टिका टिप्पणीहरू भैरहेका छन्।
तर, बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली दम्पत्तीले भने ९ लाख ६५ हजार रुपैयाँ घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन्। सार्वजनिक भएकामध्ये सम्भवत यो नै सर्वाधिक ठूलो रकम हो।
काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङमा रहेका घर भाडाको विवरणसहित प्रमुख नेपाली दम्पतीले सबै घरबाट आउने मासिक ९ लाख ६५ हजार रुपैयाँ मिनाहा गरेको घोषणा गरेका हुन् ।
‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसले गर्दा हामी संकटमा छौँ । ‘नोभेल कोरोना भाईरस (कोभिड–१९) ले गर्दा उद्योगी/व्यवसायीहरुले व्यापार गर्न नपाएको अवस्था छ । त्यसैगरी घर भाडामा बस्नेहरुले पनि केही काम गर्न नपाएको अवस्था छ । यो अवस्थामा उनीहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्धेश्यले घरभाडा छुट दिएका हौँ।’ उनले भने।
कसलाई कति छुट ?
काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा
–सानिमा बैंक – रु. ७०,०००/–
–अलकर्नेस मेनपावर– रु. ६५,०००/–
–आर.वि.फ्लोरीङ्ग एण्ड फर्निसिङ प्रा.लि.– रु. ७५,०००/–
–अर्जुन ईन्टर प्राईजेज (बजाज स्वरुम)– रु. ७५,०००/–
–भुषण रत्न ज्वयलर्स – रु. ४५,०००/–
–सुखद प्रभात सहकारी– रु. ५०,०००/–
–सविन के.सी. – रु. १५,००० /–
–एस्टर फर्मा स्यूटीकल्स – रु. ५०,०००/–
–विजय राई – रु. २५,०००/–
–मिन बहादुर तामाङ – रु. १५,०००/–
पोखरा महानगरपालिका
–प्रमोद शाह (पृथ्वीचोक) –रु. १,००,०००/–
–टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक) – रु. ६०,०००/–
– दिपक पौडेल (सृजनाचोक) – रु. ६०,०००/–
– विजय बोगटी (सृजनाचोक) – रु. ६०,०००/–
– शेर बहादुर गुरुङ (रत्नचोक) – रु. ३०,०००/–
– हरीमायाँ फगामी (रत्नचोक) – रु. १५,०००/–
– कमला खड्का (रत्नचोक) – रु. १५,०००/–
– शिला घर्ति मगर (रत्नचोक) – रु. ३०,०००/–्
– याङ्गजेङ्ग (हेम्जा) – रु. ३०,०००/–
ढोरपाटन नगरपालिका, बुर्तिबाङ
– झक बहादुर शाही – रु. ५०,०००/–
– ईमेज सहकारी – रु. ३०,०००/–
यो पनि
मनकारी घरधनी जसले तीन महिनाको भाडा नलिने घोषणा गरे
मनकारी अर्का घरधनी जसले दुई महिनाको घरभाडा छुट दिए
मनकारी घरधनीहरूको आग्रह-“नि:शुल्क क्वारेन्टाइनका लागि हाम्रो घरमा आउनुहोस्”
घरधनीले सटरको भाडा नलिने सुनाएपछि व्यवसायी आश्चर्यचकित
घरभाडा छुट दिन आग्रह (विज्ञप्तिसहित)































प्रतिक्रिया