अमेरिकी अस्पतालमा कार्यरत एक नर्सको डायरी
त्यस रात घडीले साढे ११ बजाउनै लागेको थियो । म आफ्नो ६ घण्टाको ‘नर्सिङ ड्यूटी’ सकेर घर फर्कने तरखरमा थिए ।
अमेरिकाको न्यूयोर्कस्थित म कार्यरत अस्पताल त्यसैपनि ब्यस्त मध्येको एक हो । विश्वभरी ‘कोभिड नाइन्टिन’ अर्थात कोरोना भाइरसको महामारी फैलिएसँगै हामीलाई जस्तोसुकै अवस्था आउनसक्ने र त्यसका लागि मानसिक र शारिरीक रुपमा तयार रहन अस्पताल ब्यवस्थापनले आग्रह गरिरहेको थियो ।
म संगै अस्पतालको नर्सिङ विभागमा कार्यरत दुईसय भन्दा बढी नर्सलाई आपत् आईहाले कसरी सावधानीपूर्वक काम गर्ने भन्नेवारे सामान्य तालिम दिइएको थियो ।
राती १२ बजेसम्मको ड्युटी सकेर घर निस्कनै लाग्दा एकजना बृद्ध मानिसलाई आकस्मिक कक्षमा भर्ना गर्न लिएर आइयो । ७५ वर्ष नाघेका ती बृद्धको अवस्था अत्यन्तै नाजुक थियो ।
कोरोना भाइरसको आशंकामा म लगायत आकस्मिक कक्षमा खटिएका ८ जना स्टाफलाई त्यस रात घर जान दिइएन । यो घटना मार्चको शुरुवातमै हुनुपर्छ । ठ्याक्कै दिन र बार चाहीं मलाई याद भएन ।
हो, त्यसैदिन देखि म लगायत सयौं मेडिकल स्टाफले अस्पतालमा प्रत्येक दिन ‘डबल सिफ्ट’ काम गर्न थालेको । कोरोना भाइरसको आशंकामा त्यस रात अस्पताल ल्याइएका ती बृद्ध त सुरुवात मात्र थिए, अमेरिकामा अहिलेको अवस्था आउला भन्ने कल्पना सायदै कसैले गरेको थियो ।
मेरो १५ वर्षे नर्सिङ पेशाको अनुभवमा यति तनाव यसअघि कहिले ब्यहोरेको थिइन । यस्तो तनाव की, विश्वकै शक्तिशाली मुलुक अमेरिकाकोतर्फबाट युद्धमा होमिन लागेको योद्धासँग चाहिने आधारभुत कवचविनै म लंडाइमा जांदै थिए ।
हो, अहिले विश्वभरी अभाव रहेको पीपीई अर्थात ‘पर्सनल प्रँेटेक्टिभ इक्विपमेन्ट’को अभाव अमेरिका नै झेलिरहेको छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।
त्यस रातदेखि म कार्यरत अस्पतालमा कोरोना संक्रमित विरामीको भिड यसरी बढ्यो की त्यसले अमेरिकालाई मात्र होइन, पुरा विश्वलाई आश्चर्यमा पार्यो । किनभने, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मुलुकभित्र नदेखेको कोरोना विरामीको भिड बाँकी विश्वले देखिरहेको थियो ।
अस्पतालमा आउने सबै विरामी एउटै लक्षण लिएर आइरहेका थिए । खोकी, ज्वरो, छाती दुखाई र वाकवाकी लागेर आएका विरामी देख्नासाथ म आफ्ना परिवारका सदस्यलाई सम्झन्थेँ । मेरा दुई केटाकेटी, श्रीमान् र हाम्रो परिवारको अभिन्न अंग बनेको ब्रुनो ।
दिनरात ब्रुनोको भरमा मेरा स–साना केटाकेटी छाडेर म कोरोना संक्रमितको उपचारमा खटिइरहेकी थिएँ । श्रीमान् न्युयोर्क नजिकैको अर्को सानो शहरमा दिनभरी काममा जाँदा ६ वर्षदेखि पालेको जर्मन सेफर्ड ब्रुनोले छोरा–छोरीलाई मेरो कमी महसुस हुन दिएको थिएन ।
जसै मार्च दोस्रो–तेस्रो साता हुँदै गयो, हाम्रो अस्पतालमा कोरोना संक्रमित विरामी मात्र आउन थाले । यतिसम्मकी, अब अस्पतालले नधान्ने र विरामीलाई कुरुवाको कुर्सिमा राखेर प्राथमिक उपचार दिनुपर्ने अवस्था आएको थियो । मार्च तेस्रो साता त विश्व स्वास्थ संगठनले अमेरिकालाई कोरोना महामारीको केन्द्रविन्दु नै तोक्यो ।
हाम्रो इमर्जेन्सी वार्ड पूर्णरुपमा कोभिड भइसकेको थियो । अर्थात शतप्रतिशत कोरोनाका विमारी मात्र थिए । झण्डै एकमहिना देखि लगाएको मास्क र अन्य मेडिकल उपकरणले मेरो अनुहारमा रातो दाग बसिसकेको थियो ।
प्रत्येक दिन ती उपकरण खोल्न, बदल्न र त्यसलाई संक्रमणबाट जोगाउन कम्तिमा दुई घण्टा लाग्ने गर्दथ्यो । यस्तो दयनीय अवस्थामा काम गरिरहेका वेला आफ्नो सरकार प्रमुखले कोरोनाविरुद्ध लिएको नीति देखेर सम्पूर्ण विश्वजस्तै हामी आफैं छक्क परिरहेका थियौं ।
ट्रम्प प्रशासन ‘कोभिड नाइन्टिन’ रोकथामलाई लिएर पूर्णरुपमा असफल भइसकेको छ । यतिसम्मकी डब्लुएचओलाई दिनुपर्ने आडभरोसा देखि अन्य सहयोग गर्न समेत रिपब्लिकन सरकार चुकिरहेको छ । त्यसको चर्को मुल्य अमेरिकाले मात्र होइन, पुरा विश्वले ब्यहोर्नुपर्नेछ ।
यतिसम्मकी, म सँग भएको एउटा ‘एन नाइन्टिफाइभ मास्क’ पाँच सिफ्टसम्म लगाउनु पर्ने अवस्था अहिले अमेरिकी अस्पतालमा छ । यो महामारी आउनुपूर्व हामी त्यस्ता मास्क ६ घण्टे ड्युटीमा लगाएर डस्टविनमा हाल्थिम् ।
अहिले हामीलाई उक्त ‘एन नाइन्टिफाइभ मास्क’ काम सकिएपछि एउटा पेपर ब्यागमा राख्न भनिन्छ र अर्को सिफ्टमा आउँदा त्यही निकालेर लगाउन भनिन्छ । पाँच सिफ्टसम्म लगाएको प्रमाण पेश नगरि अर्को मास्क पाउनु असंभव नै छ ।
हो, विश्व महाशक्ति राष्ट्र अमेरिका यसरी नै लडिरहेको छ कोरोना महामारी विरुद्ध । र, हामीलाई अग्रपंक्तिमा उभ्याएर यसरी नै लडाइरहेको छ आफ्ना नागरिक जोगाउन, अमेरिकाले ।
कोरोनाले ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भन्ने सुन्दा मलाई अहिले सामान्य लाग्न थालेको छ । अमेरिकाजस्तो अत्यन्तै सुविधायुक्त स्वास्थ्य सेवा भएको मुलुकको हालत पत्याइनसक्नु छ भने बाँकी विश्वले कसरी धानिरहेको छ आफुलाई भन्ने म सोच्न पनि सक्दिन ।
तीन दिनअघि म ड्युटी सकेर कारमा समाचार सुन्दै घर फर्किरहेकी थिएँ । समाचारले भन्दै थियो, राष्ट्रपति ट्रम्प र न्युयोर्क राज्यका गर्भनर कुमोविच कोरोना रोकथामलाई लिएर बढीरहेको मतभेद । यति मात्र होइन, म त आश्चर्यमा त्यतिखेर परे जब समाचारबाटै थाहा पाए की, राष्ट्रपति ट्रम्प र सभामुख नेन्सि पेलोसिवीच बोलचाल नभएकै तीन महिना कट्यो रे ।
उसो भए कसरी चलिरहेको छ मेरो देश, अमेरिका ? कसले चलाइरहेको यसलाई ? मानव सम्भताकै यस्तो कठिन घडीमा कसले लिइरहेको अमेरिकाको परीक्षा ?
हिजोआज म थकित र गलित छु । म प्रत्येक दिन अस्पतालको ओभर ड्युटीले थाकेकी हुँ । मेरो गोढा सुन्निएका छन् । त्यसैले टेकिन छाडेका छन् । म गलिसकेकी छु ।
तर, मलाई मेरोभन्दा पनि मेरो परिवार, आफन्त साथीभाइको चिन्ता छ । म चाहान्छु मैले मेरा विरामीको चिन्ता गरेजस्तै उनीहरु मेरो चिन्ता नगरुन् । किनभने, अत्यावश्यक सामाग्रीको अभावमा हामी ड्युटीमा खटिइरहेका छौं । म केही दिनयता खोक्दैछु । थाक्दैछु । कतै म पनि संक्रमित त भइसकेको छैन ।
अचेल म आफैं मेरो परिक्षण गराउँदैछु । हे प्रभू, मलाई बचाउ । मलाई केही भइहाले अस्पतालका सारा विमारीलाइ के होला ? यस्तै चिन्ताका वीच म आफ्नो धर्म निभाइरहेकी छु ।
हो, म विश्वकै शक्तिशाली मुलुक अमेरिकामा कार्यरत नर्स हुँ । मलाई मर्न अधिकार छैन । किनभने, मैले सम्पूर्ण विश्व जोगाउनु छ ।
स्रोत-एजेन्सी































प्रतिक्रिया