झापा बारका तर्फबाट कोरोनाविरुद्धको कोषमा ५१ हजार सहयोग

झापा बारका तर्फबाट कोरोनाविरुद्धको कोषमा ५१ हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

झापा ।

सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्नका लागि बनाएको राहत कोषमा देशभरबाट राहत संकलन भइरहेको छ । यसैक्रममा सो कोषमा झापाका कानुन ब्यवसायीहरुले पनि सहयोग जम्मा गरेका छन् ।

झापा बारमा आवद्ध ब्यवसायीहरुले केन्द्र मार्फत जम्मा गर्ने गरी ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

झापा बारमा १५० बढी कानुन ब्यवसायीहरु आवद्ध रहेका छन् । झापा बारका सचिव भीमप्रसाद बरालले सबैले सकेको सहयोग जम्मा गरि सरकारको अभियानलाई साथ दिन अनुरोध गरेका छन् ।

Logo