मड्रिड ।
कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेका हुन् ।
कोरोना संक्रमणबाट राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९८२ पुगेको छ।
स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७३ हजार २३५ संक्रमित भइसकेका छन्।





























प्रतिक्रिया