काठमाडौँ ।
मोबाइल वालेट एप ‘आइएमई पे’ ले चार गुण सशक्त नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । कम्पनीले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि उक्त योजना प्रस्तुत गरेको जनाएको छ । यस्ता सुविधाहरु मध्ये :
वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा
आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजना अनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा एक हजार रुपैयाँको न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिट्यान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नेछन् । यसका साथै देशभरीका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ ।
ग्लोबल आइएमई बैंक लगायत अन्य बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । यसरी रकम ट्रान्सफर गर्दा कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सकिनेछ ।
मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यास ब्याक
यस योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरी सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यासब्याक प्रदान गर्नेछ । हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले १२० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।
५०० रिवार्ड पोइन्टको सुविधा
यस योजना अनुसार कुनैपनि प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुबै जनाले पाउनेछन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।
छरितो क्यास आउटको सुविधा
सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत् नै भुक्तानी तथा मनि ट्रान्सफर गरी सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुँदै गएपछि नगदको आवश्यकता परेमा देशभरीका कुनैपनि नजिकको एजेन्टबाट वालेटको रकम निःशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।































प्रतिक्रिया