दोलखा।
कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशङ्कामा पाँच जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकामा पाँचै जनाको रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताए ।
स्थानीय तहमा एम्बुलेन्स तयारी
कोरोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहले विभिन्न ठाउँमा ५९ शैयाको आइसोलेसन निर्माण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले ५९ शैयाको आइसोलेशन र २१० क्वारेन्टाइन निर्माण गरिएको बताए । जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाका लागि लगाउने पिपीइ ४८ थान, थर्मलगन २० थान रहेको र २७ एम्बुलेन्स तयारी अवस्थामा रहेको उनले बताए।
स्थानीय तह अन्तर्गत गौरीशङ्कर गाउँपालिकाले छ शैया, शैलुङले आठ शैया, कालिन्चोक र तामाकोशीले पाँच÷पाँच शैया, वैत्येश्वरले दुई शैया, विगुले १० शैया र जिरीले दुई शैया आइसोलेसन निर्माण गरेको छ । स्थानीय तहबाहेक जिल्लामा रहेका निजी अस्पताल च्छोरोल्पा अस्पतालले छ शैया, दोलखा सामुदायिक अस्पतालले दुई शैया र धुलिखेल अस्पतालले पाँच शैयाको आइसोलेसन निर्माण गरेका छन् ।
आइसोलेशन निर्माणका साथै हरेक स्थानीय तहमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था रहेको र आवश्यकताहरुको ठाउँहरुमा समन्वय गरी औषधि उपकरणहरु व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले बताए ।
तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोरोना भाइसरको रोकथामका लागि स्थानीय तहमा औषधि उपकरण र स्वास्थ्यकर्मी उपलब्ध गराउनाका साथै नागरिकलाई सचेतना लगायतका काम भइरहेको बताए।रासस





























प्रतिक्रिया