काठमाडौं ।
नेपाली कांग्रेसले सरकारले घोषणा गरेको कोरोना कोषलाई ५० लाख रुपैयाँ सहयोग दिने जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्वीट गर्दै सो जानकारी दिएका हुन् । उनले लेखेका छन् ,‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु।’
यस अघि नै कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक दिने घोषणा गरिसकेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्ति निकालेर यसको जानकारी गराएका थिए ।































प्रतिक्रिया