कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को निधन (अपडेट)

कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को निधन (अपडेट)

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मंगलबारसम्म सोह्र हजार ५ सय ५८ व्यक्तिको निधन भएको छ । विश्व स्वास्थ्य संघठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि तीन लाख ८१ हजार ७ सय ६१ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४ सय २९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७ सय ७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ७७ व्यक्तिको निधन भएको छ भने, ८१ हजार १ सय ७१ जना सङ्क्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारअनुसार ७३ हजार १ सय ५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको निधन भएको छ । हाल ६३ हजार ९ सय २७ जना सङक्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारअनुसार सात हजार ४ सय ३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८ सय १२ व्यक्तिको निधन भएको छ । हाल १२ हजार ८ सय ६१ जना सङक्रमित रहेका छन् । स्पेनमा २ हजार ३ सय ११ व्यक्तिको निधन भएको छ । हाल २९ हजार ४ सय ७० जना सङक्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३ सय ५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण १ सय २३ व्यक्तिको निधन भएको छ । हाल २८ हजार ४ सय ८० जना सङक्रमित रहेका छन् । यसैबीच ४ सय ५३ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ५ सय ८२ व्यक्तिको निधन भएको छ । हाल ४५ हजार २ सय ६८ जना संक्रमित छन् भने, २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ८ सय ६० जनाको निधन भएको छ । मंगलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७ सय ९६ संक्रमित रहेका छन् भने २ हजार २ सय उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १ सय २० व्यक्तिको निधन भएको छ । पाँच हजार ४ सय १० संक्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५ सय ७ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १ सय २० व्यक्तिको निधन भएको छ । आठ हजार ५ सय ४४ संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमण्को कारण ३ सय ३५ व्यक्तिको निधन भएको छ भने ६ हजार १ सय ८० संक्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण २ सय १३ व्यक्तिको निधन भएको छ । चार हजार ५ सय ३४ संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण २१ व्यक्तिको निधन भएको छ । चार हजार ४ सय ४४ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण ८८ व्यक्तिको निधन भएको छ । तीन हजार २ सय ५४ संक्रमित भएका छन् । यसैबीच ४ सय १ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १० व्यक्तिको निधन भएको छ । दुई हजार ६ सय १ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको निधन भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ । –रासस/ एएफपी

Logo