लकडाउन सुरु, घर बाहिर निस्कन नपाइने

लकडाउन सुरु, घर बाहिर निस्कन नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले आज बिहान ६ बजेदेखि देशैभर लकडाउन गरेको छ ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोभिड –१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आजदेखि एक हप्ताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेपछि बिहान ६ बजेदेखि लकडाउन भएको हो ।

लकडाउनसँगै हवाइ र सडक यातायात लगायत सबै क्षेत्र बन्द भएका छन् । अतिआवश्यक क्षेत्रहरु भने खुल्नेछन् । स्वास्थ्य क्षेत्र, संचार, सुरक्षा निकाय, फोहोर व्यवस्थापन, खानेपानी लगायतका क्षेत्र बाहेक अन्य क्षेत्र बन्द रहनेछन् । लकडाउन आगामी १८ गते सम्म रहने बताइएको छ ।

नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना चिनियाँ नागरिक हुन् भने एक नेपाली हुन् ।

संक्रमण विश्वव्यापी भएपछि नेपाल सरकारले पनि उच्च स्तरका सर्तकता अपनाउँदै आएको छ । जस अनुसार नै देशभर लकडाउन गरिने निर्णय गरिएको हो । अब एक हप्ता घर बाहिर निस्कन पाईंदैन ।

Logo