अपराधिक गतिविधि नियन्त्रणमा खटिएका प्रहरीले नै लुटपाट गर्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, यस्तै अनौठो अपराधमा संलग्न ३ जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरवारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत रहेका छन् । उनीहरूसँग अन्य दुई जना पनि पक्राउ परेका छन् ।
लुटपाट गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर पुगेका उनीहरूलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङले घटनाको पुष्टि गरेका छन् । उनीहरू मकवानपुरको कैलाश गाउँपालिकाबाट पक्राउ परेका हुन् ।
उनीहरु त्यहाका एक व्यक्तिसँग भएको हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै भागेका थिए । उनीहरुलाई यतिबेला जिल्ला प्रहरी कार्यालय मकवानपुर लागिएको छ ।
महानगरीय आयुक्त कार्यालयका डिआइजी विश्वराज पोखरेलले उनीहरुलाई कडा भन्दा कडा कारवाही हुने बताए ।





























प्रतिक्रिया