उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ टिस्टुङमा रहेको ॐ अध्याय रिसोर्टले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नि:शुल्करूपमा भौतिक संरचना उपलब्ध गराउने भएको छ ।
सरकार वा सम्बन्धित निकायले आवश्यक ठानेमा रिसोर्टका सम्पूर्ण भौतिक संरचना क्वारेन्टाइन वा आइसोलेसन प्रयोजनका निम्ति नि:शुल्करूपमा उपलब्ध गराउने जनाएको हो ।
रिसोर्टले सम्बन्धित निकायको माग र आवश्यक्ता अनुसार नि:शुल्क सेवा दिने पनि जनाएको छ । रिसोर्टका प्रवन्ध निर्देशक अर्जुन सिंह ठकुरीले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले आफ्नो क्षमता अनुसार पहल गर्नुपर्ने बताउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
“कोरोना भाइरसको संक्रमण कम गर्न र फैलिन नदिन आ-आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने नागरिक जिम्मेवारी वहन गर्नुपर्छ ।” ठकुरीले भने । संकटको घडीमा सम्बन्धित निकायको निर्देशन अनुसार आंशिक तथा पूर्ण सेवा दिनु परेको खण्डमा नि:शुल्क सेवा दिन तयार रहेको पनि उनले बताए ।

रिसोर्टले आज (आइतबार) देखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा बन्द गरेको छ । पुरानो दरबारकै शैलीमा बनाइएको यो रिसोर्टले आधुनिक प्रकारका सेवा प्रदान गर्दै आइरहेको छ । त्रिभुवन राजपथ, चन्द्रागिरी मार्ग र दक्षिणकाली-कुलेखानी मार्ग हुँदै रिपोर्ट पुग्न सकिन्छ ।
































प्रतिक्रिया