काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड १९) भाइरसको विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि फागुन १८ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।































प्रतिक्रिया