आन्दोलनको रक्षाका लागि चुनौतीपूर्ण निर्णय लिएको प्रधानमन्त्रीको दाबी

आन्दोलनको रक्षाका लागि चुनौतीपूर्ण निर्णय लिएको प्रधानमन्त्रीको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएपछि आफ्नो समूहलाई १६ पृष्ठ लामो सर्कुलर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पुस ११ गते ‘अन्तर्पार्टी निर्देशन’ पठाएका हुन्।

निर्देशनमा ओलीले पार्टी एकताका लागि भएको प्रयाससँगै प्रतिनिधिसभा विघटनपछिको अवस्थाको विषय समेटेका छन् । ओलीले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेका बेला ओलीले स्थानीय तहमा आफ्नो प्रभाव र प्रभुत्व कायम राख्नेगरी यो सर्कुलर गरेका हुन्।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको हो।

एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

ओलीले पठाएको सर्कुलरमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ। ओलीले सर्कुलरमा प्रतिनिधिसभा विघटनलाई चुनौतीपूर्ण निर्णयसमेत भनेका छन्।

‘हामीले के गर्यौँ, के गरिरहेका छौँ र के गर्न चाहेका छौँ भन्ने कुराको समष्टिगत जानकारीसँगै जनतामा फैलाउन खोजिएको नकारात्मकता, घृणा र वितृष्णाको मनोविज्ञान चिरिँदै जानेछ’, ओलीले भनेका छन्, ‘आन्दोलनको रक्षाका लागि लिनु परेको यस चुनौतीपूर्ण निर्णयको औचित्यबारे सार्वभौम नेपाली जनताले आवश्यक समझदारी राख्ने छन् र उचित फैसला गर्नेछन् । उच्च मनोबलका साथ अगाडि बढौँ।’अन्नपूर्णबाट

 

Skip This
Skip This
Logo