सीमा बन्द गर्न केन्द्र सरकारलाई प्रदेश १ को आग्रह

सीमा बन्द गर्न केन्द्र सरकारलाई प्रदेश १ को आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रदेश १ सरकारले प्रमुख नाकाबाट आवतजावतमा कडाई गर्न संघीय सरकारलाई अनुरोध गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शुक्रबार बसेको नोभल कोरोना (कोभिड १९) भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले नाकाबाट आवतजावतमा कडाई गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।

‘प्रदेश १ अन्तर्गतका प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने सम्बन्धमा तत्काल पहल गर्ने साथै साना नाकाहरुमा आवतजावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरु बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने’, निर्णयमा भनिएको छ, ‘प्रदेशस्थित सबै सरकारी तथा गैह्रसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरुमा निर्देशन दिने।’

प्रदेश १ ले भारतसँग जोडिएको नाका बन्द गर्ने विषयमा छलफल गर्दै केन्द्र सरकारलाई आग्रह गरेको हो । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मानिसको आवतजावत रोक्न नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गरेको हो।

प्रदेश १ सँग भारतीय नाकाबाट सिधै आवतजावत हुँदै आएको छ। प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरबाट ठूलो आवतजावत हुने गरेको छ। ‘भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुविधामा आउने भारतीय सवारी साधन नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने’, निर्णयसमेत बैठकले गरेको छ। सँगै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo