काठमाडौं ।
सरकारले देशभरका कारागारमा रहेका कैदीबन्दीहरुको संख्या घटाउने भएको छ । यसअघि २५ जना भन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेपछि सरकारले अवस्था हेरेर कारागारलाई पनि भीडभाडमुक्त बनाउने उद्देश्यले कैदीबन्दीको संख्या घटाउन लागेको हो ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अपराध अनुसन्धानको क्रममा सशंकित व्यक्तिलाई कसुरको गम्भीरता र संवेदनशीलता एवं नीजलाई लागेको आरोपको प्रकृति हेरेर कैदमुक्त गरिने निर्णयमा उल्लेख गरिएको छ । यसका लागि सरकारी वकिलका कार्यालयहरुलाई निर्देशन दिने बताइएको छ ।
































प्रतिक्रिया