काठमाडौं ।
तिब्बत केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर १८ मिनेटमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यसको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ।
यद्यपी भूकम्पको क्षतिबारे केहि जानकारी आएको छैन । काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको भएपनि केन्द्रबिन्दु भने तिब्बत रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपालमा यसअघि चैत २ गते कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।





























प्रतिक्रिया