काठमाडौं ।
सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुने तय भएको यूरो कप फुटबल एक वर्ष पछि सरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यूरो कप एक वर्षपछि सारिएको हो ।
यूरोपेली फुटबल महासंघ (यूईएफए) को मंगलबार बसेको बैठकले यूरो कप सन् २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हाल मुख्यगरी यूरोपमा कोरोना भाइरसको संक्रमण बढी फैलिएको छ । कोरोना भाइरसको त्रासका कारण यूरोपमा अधिकांश खेलकुद गतिविधि स्थगित गरिएका छन् । विश्व चर्चित यूरोपियन लिग फुटबल प्रतियोगिताहरू पनि कोरोना भाइरसको मारमा परेका छन् ।
यूरोपियन च्याम्पियन्स लिग र यूरोपा लिगदेखि इङ्गिलस प्रिमियर लिग र स्पेनिस ला लिगासम्म कोरोना भाइरसको मारमा परेका छन् ।































प्रतिक्रिया