नेपालमा कोरोना भित्रिए महिनामा १५ सय संक्रमित हुने

नेपालमा कोरोना भित्रिए महिनामा १५ सय संक्रमित हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ।

यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर कार्ययोजना बनाएको बताए।

‘भियतनाम, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीब्र रुपमा बढेको छैन। तर, इटाली, इरान, दक्षिण कोरियामा एक्कासी बढेको छ। इटाली र इरानकै गतिमा नेपालमा कोरोना संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन्। यही आधारमा सरकारले तयारी गरिरहेको छ,’ उनले भने।

स्वास्थ्य अधिकारीहरुका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय केसका लागि तयार रहन आग्रह गरेको थियो। नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo